नेभिगेशन
जीवनयापन

मान्छे समस्याले नभई विचारले असफल हुन्छ भन्ने प्याटी विल्सनको सफलता

विल्सन असाध्य मानिने छारे रोगबाट ग्रस्त थिइन् । डाक्टरले उनको रोग पत्ता लगाउँदा उनी मात्र १७ वर्षकी थिइन् । यस दुःखद समाचारबाट उनी दुःखी भइनन्, बरु उत्साहित भइन् । त्यसै बेलादेखि आफ्ना बाबुसँग नियमित जगिङ गर्न थालिन् । यसको केही हप्तापछि नै उनले कुदेर विश्वकीर्तिमान कायम गर्ने संकल्प गरिन् । नभन्दै ४०० माइलको दौड पछि विश्व कीर्तिमान गर्न सफल भइन् । अझै रोचक तथ्य के छ भने यस बीचमा उनको खुट्टासमेत भाँचिएको थियो । तर उनले दुखाई र जोखिमसहित प्लास्टरसमेत नगरी आफ्नो कुदाइ जारी राखेकी थिइन् । डाक्टरले त भनेका थिए— अब तिमी कुद्न सक्दैनौ । कम्तीमा पनि फ्याक्चर भएको हाड पूरै नजोडिएसम्म तर प्याटीले डाक्टरलाई ओठे जवाफ दिइन्—म तथ्य–तथ्यांकको जंजीरबाट बाँधिएको मानव–मस्तिष्कलाई स्वतन्त्रताको बोध दिलाउन भाँचिएको खुट्टाले कुदेर देखाउन चाहन्छु । र, उनी सफल भइन् । यसै क्रममा विल्सनको चर्चा परिचर्चा झनै चुलियो । उनी राज्य–राज्यका गभर्नरलाई र राष्ट्रपतिलाई समेत भेट्न सफल भइन् । पछि उनी छारे रोगीहरुका लागि अलग्गै अस्पतालको संस्थापकसमेत बन्न सफल भइन् । साभारः ‘नव सफलता शास्त्रा’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै