नेभिगेशन
जीवनयापन

संकल्पको शक्तिः एक प्रेरक प्रसङ्ग

कुरा १८९२–९३ को हो । लाहोर कलेजमा स्नातकमा पढ्ने एक गरिब विद्यार्थीसँग उसको एउटा साथीले भन्यो ‘कति लाजमर्दाे कुरा हो, ब्राह्मण भएर तिमी संस्कृतिको साटो फारसी पढ्छौ ?’ विद्यार्थीलाई यो कुराले बिझायो । उसले संकल्प गर्यो कि ऊ छिटोभन्दा छिटो संस्कृतको मूलभूत जानकारी प्राप्त गर्नेछ । उसले संस्कृतको अध्यापकसँग गएर आफ्नो कुरा राख्यो । अध्यापक पहिला हाँसे र फेरि भने ‘संस्कृत नआउने मानिस तिमी स्नातकमा संस्कृतको परीक्षा दिनको लागि फार्म कसरी भर्न सक्छौ ?’ उनी निराश भएनन्, उनी आफ्ना बाबु, साथीहरु एवं कक्षाका जान्ने विद्यार्थीको सम्पर्कमा संस्कृत अध्ययनमा जुटे । ३ महिनापछि पुनः तिनै अध्यापककोमा गएर उनले संस्कृतको परीक्षा दिनको लागि बिन्ती गर्न थाले । अध्यापकले सोद्धा उनले सबै प्रश्नको जवाफ सजिलै दिए । दृढ निश्चयी यी विद्यार्थी भारतीय सभ्यता, संस्कृतिका अमूल्य रत्न स्वामी रामतीर्थ थिए, जसले स्नातकको परीक्षामा विश्वविद्यालयभरिमै पहिलो स्थान प्राप्त गरे । साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै