नेभिगेशन
जीवनयापन

किन चिलाउँछ गुद्धद्वार ? यी हुन् कारण र उपचार

भन्न असहज लागे पनि कतिपयले गुद्धद्वार चिलाउने समस्या भोगिरहेका हुन्छन् । गर्मी मौसममा गुद्धद्वार चिलाउने समस्या झनै बढी हुन्छ । गुद्धद्वारको आसपासको छाला चिलाएको कारणले कतिपय मानिस नकन्याई बस्नै सक्दैनन् । अझ चिलाउने समस्याका कारणले मानिसलाई धेरै स्थानमा असजिलो बनाइदिन्छ । यस्तोमा गुद्धद्वार किन चिलाउँछ भनेर बुझ्न जरुरी छ । गुद्धद्वार चिलाउने समस्यालाई प्रुरिटस ऐन्ई (Pruritus ani) भनिन्छ । यसरी गुद्धद्वार चिलाउनुको कारण लक्षणअनुसार भिन्नाभिन्नै हुन्छ । छालामा भएको जलनका कारणले पनि गुद्धद्वार चिलाउँछ भने कतिपयलाई बसाइका क्रममा हुने घर्षणले पनि यो समस्या पैदा हुन्छ । अझ लगातार पखाला लागे वा गुद्धद्वार क्षेत्रमा भएका नशा फुलेरसमेत गुद्धद्वार चिलाउने समस्या हुन सक्छ । कुनै रोगको संक्रमण वा गुद्धामैथुनका कारणले हुने यौन रोगलगायतका कारणले पनि यो समस्या देखा पर्न सक्छ । उपचार यसरी गुदद्वार चिलाउँदा साधारण अवस्थामा उपचार गर्नुपर्ने वा चिन्ता लिनुपर्ने हुदैन । केही दिनमा यो समस्या बिस्तारै हटेर जान्छ । तर एक महिनासम्म पनि लगातार चिलाएमा वा गुद्धद्वारबाट रगत आउन थालेमा तत्काल अस्पताल भने जानुपर्दछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै