नेभिगेशन
जीवनयापन

जापानबाटै प्रचण्डको चेतावनी : राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरे राम्रो हुँदैन

काठमाडौं - सत्ता सझोदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता नगर्ने विश्वास गरेका छन् । जापानमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले ूुलो समस्या समाधानका लागि ल्याइएको विधेयक राष्ट्रपतिले फिर्ता नगर्ने बताएका हुन् । ‘नागरिकतामा विशेष गरेर तराई मधेसका जनताका छोरा छोरीको समस्या प्रवल रहेको छ । त्यस कारण त्यत्रो समस्या समाधान गर्न सरकारले गरेको पहल र सदनले गरेको प्रस्तावलाई राष्ट्रपतीले फिर्ता गर्नु हुन्छ भन्ने विश्वास म गर्नै चाहन्न । उहाँले गर्नु पनि हुन्न भन्ने लाग्छ’, उनले भने । उनले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता गरे राम्रो नहुने पनि बताए । ‘फिर्ता गर्नुभयो भने पनि राम्रो हुँदैन, फेरि जान्छ र हस्ताक्षर गर्नै पर्ने अवस्था आउँछ’, उनले भने ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै