नेभिगेशन
जीवनयापन

७४ लाख नगद र २६ लाखको चेकसहित तीन हुण्डी कारोबारी पक्राउ

काठमाडौं - काठमाडौंको नरदेवीबाट गैरकानुनी रुपमा हुण्डी कारोबार गर्ने भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनसन्धान महाशाखाको टोलीले भारतीय नागरिक राजु अग्रवाल, सिन्धुली घर भई जोरपाटी बस्ने रामहरि दुलाल र रौतहट घर भई चावहिल बस्ने सुदीप आचार्यलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ७४ लाख नगद र २६ लाख ३२ हजार ८५० रुपैयाँ बराबरको ९ वटा चेक बरामद गरेको छ । उनीहरुलाई सोमबार साढे ५ बजे पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै