नेभिगेशन
जीवनयापन

धनुषामा बस दुर्घटना, २० जना घाइते

ढल्केवर– धनुषाको विरेन्द्र बजारस्थित पूर्व–पश्चिम लोकमार्गमा सोमबार बिहान रात्री बस दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएको छ । बसमा सवार १५ जनालाई सामान्य चोटपटक लागेका प्रहरीले जनाएको छ । काठमाडौंबाट काँकडभित्ता गइरहेको प्रदेश ३–०१–००५ ख ९७२१ नम्बरको सुपर अग्नी रात्री बस सोमबार बिहान ४ बजे दुर्घटनामा परेको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले गणेशमान चारनाथ नगरपालिका–१ स्थित लोकमार्गमा बस पल्टिएको जानकारी दिए । उनका अनुसार बस दुर्घटनामा परी पाँच जना गम्भीर घाइते र १५ जनालाई सामान्य चोटपटक लागेको छ । गम्भीर घाइते भएकाहरुलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको र सामान्य घाइते भएकाहरुको स्थानीय स्वास्थ्य उपचार केन्द्रमा उपचार भइरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै