नेभिगेशन
जीवनयापन

गौरीघाट, मित्रपार्क क्षेत्रमा ट्राफिक जाम, अन्य क्षेत्रमा कस्तो छ अहिले

काठमाडौँ– काठमाडौँ उपत्यकाको जडिबुटी कोटेश्वर हुँदै चल्ने सवारी साधन क्यूमा चलिरहेका छन् । गौरीघाट, मित्रपार्क, वनकाली क्षेत्रमा पशुपतिनाथ मन्दिर दर्शनका लागि जाने आउने दर्शनार्थीहरूको भिडभाड रहेको छ । उक्त स्थान हुँदै चल्ने सवारी साधनका चालकलाई धैर्य भएर सवारी गुडाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ । काठमाडौँको खुर्सानीटार स्थित सडकमा हिम पाइप राख्ने कार्य भइरहेका कारण आज पनि उक्त स्थान हुँदै सञ्चालन हुने सवारी साधनलाई डाइभर्सन गरिएको छ । इटालियन एम्बेसीमोडगैरीधारामा सवारी साधनलाई डाइभर्सन गरिएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । यसबाहेक काठमाडौँ उपत्यकाका अन्य स्थान तथा नाकाहरूको सवारी आवागमन सामान्य रहेको छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै