नेभिगेशन
जीवनयापन

पुरानो सुनलाई नयाँ बनाउँछौँ भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ

सल्यान– ‘पुरानो सुनलाई नयाँ बनाउँछौ‌ँ’ भन्दै ठगी गर्ने दुईजना भारतीय नागरिकलाई सल्यान प्रहरीले पक्राउ गरेको छ । पुरानो सुन (गरगहना) टल्काउने भन्दै विभिन्न रसायन प्रयोग गरी आधाभन्दा बढी सुन लुकाउने दुईजना भारतीयलाई शनिबार प्रहरीले सल्यानको बागचौर नगरपालिका–७ बाट पक्राउ गरेको हो । पक्राउपर्नेमा भारतको बिहार प्रदेशका ६७ वर्षीय महेन्द्र साह र झारखण्ड प्रदेशका ५५ वर्षीय पोगो साह रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनीहरूले सल्यानको बागचौर नगरपालिकाका विभिन्न ठाउँहरूमा गएर ठगी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेकालाई जिल्ला अदालत सल्यानबाट १० दिनको म्याद लिई प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै