नेभिगेशन
जीवनयापन

सिट बाँडफाँडको खाका तयार पार्न गठित कार्यदलको बैठक बस्दै

काठमाडौँ– सत्तारूढ गठबन्धनभित्र आउँदो निर्वाचनका लागि सिट बाँडफाँडको खाका तयार पार्न गठित कार्यदलको बैठक बस्दैछ। बैठक आज सोमबार दिउँसो ३ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरि बोलाइएको छ। मंसिर ४ गतेलाई तय प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि साउन मसान्तभित्र सिट बाँडफाँडको खाकासहित सुझाव दिन गठित कार्यदलको पहिलो बैठक बस्न लागेको हो। बैठकमा गठबन्धनको आधार र मापदण्डको विषयमा छलफल हुनेछ। दलहरूले आवश्यक गृहकार्य नगरेकाले पहिलो बैठक औपचारिकतामा सीमित हुने कार्यदल सदस्यहरूले बताएका छन्। सिट संख्या दाबी गर्ने गरी दलहरूले ठोस छलफल गरिसकेका छैनन्।आधार र माददण्ड तयार भएपछि सिट बाँडफाँडबारे दलहरूको तर्फबाट दाबी पेस हुनेछ। गत शुक्रबार गठबन्धनको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट जनार्दन शर्मा र वर्षमान पुन, एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै