नेभिगेशन
जीवनयापन

कृषिलाई उद्योगका रुपमा विकास गरौं : मन्त्री भुसाल

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताएकी छिन् ।

आज (शुक्रबार) काठमाडौंमा गुरु ट्राभल्स लिमिटेडको समुद्घाटन तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले देशको समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएकी हुन् ।

उनले कृषिमा आत्मनिर्भर हुनुपर्ने र कृषिलाई उद्योगको रुपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन् । उनले निजी क्षेत्रले पनि कृषिलाई उद्योगको रुपमा विकास गर्न व्यवसायीकरण र यान्त्रिकिकरण गर्नेतर्फ सोच्नुपर्ने उल्लेख गरिन् । मन्त्री भुसालले कृषिमा आत्मनिर्भर हुनुपर्ने र त्यसका लागि जमिन बाँझो नछोडी खेती गर्नुपर्ने बताइन् ।

मनत्री भुसालले भनिन्, ‘अब आर्थिक विकास र सामाजिक विकासमार्फत सामाजिक न्यायमा आधारित समाजवादउन्मुख समाज निर्माण गर्ने प्रतिवद्धता हामीले संविधानमै गर्‍यौँ । अब त्यसको कार्यान्वयन तहमा हामी अगाडि बढेका छौँ। त्यो विकास धेरै तरिकाले हुन्छ । तर आधारभुत कुरा चाहीँ तीन वटा हुन् भन्ने मलाई लाग्छ, एक नम्बर कृषि नै रहेछ । कृषिप्रधान देश, उर्वरा भूमि छ ।’

उनले जलस्रोतले सम्पन्न भएकाले सिँचाइको मात्रै उचित ढंगले व्यवस्थापन गर्दा र आधुनिक मल, बीउ र यन्त्रीकरण गर्दा कृषिमा आत्मनिर्भर हुन सकिने बताइन् । ‘हिजो निर्यात गर्ने राष्ट्र अहिले हामी आयात गरेर खाने राष्ट्र बनेका छौँ । हामीले आफ्नो जमिन बाँझो नछोडीकन खेती गर्नुपर्छ । हामीलाई भुकम्पले पनि सिकायो र कोभिडको महासंकटले पनि हामी टिकिराखेका छौ ।’

उनले भनिन्, ‘कृषि आधारभुत कुरा हो । बरु यसलाई अझ व्यवसायीकरण, यन्त्रीकरण गर्ने कुरामा हामी सबै लाग्ने कुरा र संस्थागत ढंगले उद्योगी व्यवसायीको छाता संगठनले पनि यो कुरा सोच्नुपर्छ । कृषि पनि उद्योग हो । यसलाई पनि हामी उद्योगको तरिकाले अगाडी बढाउन सक्छौँ भन्ने तरिकाले लाग्न जरुरी छ ।’ विद्युतीय सामग्रीको प्रयोगमा वृद्धि गर्नुपर्ने उनले बताइन् । त्यस्तै देशमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन जोड गर्नुपर्ने पनि उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै