नेभिगेशन
जीवनयापन

पुनः न्याय माग्दै सिंहदरबार पुगेकी निहारिका प्रहरी नियन्त्रणमा (तस्वीरहरु)

काठमाडौं–न्याय माग गर्दै जेठ २७ देखि आमरण अनसनमा बसेकी महोत्तरी जलेश्वर नगरपालिका ९ की सोनाली कुमारी सिंह (निहारिका) पुन न्याय माग्दै सिंहदरबार पुगेकी छिन। अनसन तोडेकी निहारिका आफुले भनेजस्तो न्याय नपाएको भन्दै पुनः अनसन बस्ने भन्दै सडकमा आएकी हुन्। सिंहदरबारको दक्षिण गेटमा निहारिका अनसन बस्छु भन्दा सुरक्षाकर्मीले निषेधित क्षेत्रमा मिल्दैन भनेर रोक्दै प्रहरीले नियन्त्रणमा लिएका छन्। असार ३ गते राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारसँग पाँच बुँदे सहमति भएपछि गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर निहारिकाले अनसन तोडेकी थिइन् । प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, आफु र छोराको सुरक्षा आवासको समेत व्यवस्थापन गर्दिनको लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्नेपर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति दुई पक्षबीच भएको थियो । तर आफुले भने जति माग पुरा नभएको भन्दै निहारिका छोरासहित पुनः न्यायलयको ढोका ढकढकाउन पुगेकी छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै