नेभिगेशन
मनोरञ्जन

आमा बन्दै बिपाशा बसु

मुम्बई–अभिनेत्री बिपाशा बसु आमा बन्ने भएकी छन् । उनका पति करन सिंह ग्रोवरले सञ्चारमाध्यमसँग कुरा गर्दै यो कुराको पुष्टि गरेका हुन् । बिपाशा विवाहको करिब ६ वर्षपछि गर्भवती भएकी हुन् । करणका अनुसार उनीहरुले चाँडै आधिकारिक रुपमा यो खबर आफ्ना फ्यानहरुलाई सुनाउनेछन् । घरमा सन्तानको आगमन हुन लागेपछि करण र बिपाशा खुशी छन् । बिपाशा र करणको पहिलो भेट फिल्म ‘अलोन’को सुटिङका क्रममा भएको थियो । केही वर्षको डेटिङ पछि उनीहरुले सन् २०१६ को अप्रिलमा विवाह गरेका थिए । –दैनिक जागरण
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

एज इज जस्ट नम्बर, रबिना