नेभिगेशन
जीवनयापन

नेपालमा पछिल्लो ४ वर्षमा १२० वटा बाघ थपिए

काठमाडौँ– नेपालमा बाघको संख्या ३५५ पुगेको छ । विश्व बाघ दिवसको अवसर पारेर सार्वजनिक तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा १२० थपिएका छन् । सन् २०१८ मा नेपालमा २३५ बाघ थिए । सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा छन् । पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ छन् ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्