नेभिगेशन
जीवनयापन

यी हुन् ति देश जहाँ सार्वजनिक सवारी चढेको पैसा लाग्दैन

नयाँ नयाँ ठाउ घुम्ने, अनुभव संगाल्न वा यात्रा गर्न कसलाई मन नर्पला ? तर यात्रा भन्ने बित्तिकै खर्चको कुरा आउँछ । नेपालमा हवाईयात्रा तथा केवलकार यात्राको भाडादर उच्च छ । साथै सडकयात्रा र सिमित जलयात्रा समेत खर्चिलो मानिन्छ । तर विश्वका केहि यस्ता देश र शहर छन् जहाँ, सार्वजनिक यात्रा नै निशुल्क छ । लग्जमबर्ग जर्मनी, बेल्जियम र फ्रान्स जस्ता देशबाट घेरीएको लग्जमबर्ग विश्वको पहिलो यस्तो देश बन्यो जहाँ सार्वजनिक यातायात सबैका लागि निशुल्क छ । एस्टोनियाको राजधानी टालिन बाल्टिक समुन्द्र र फिनल्याण्डको खाडी क्षेको बोर्डरमा अवस्थित एस्टोनियाको राजधानी टालिनमा सन् २०१३ बाटै सार्वजनिक यात्रा निशुल्क छ । निशुल्क यात्राका लागि टालिन बासिन्दाले मतदान समेत गरेका थिए । जसमा ७५ प्रतिशत मानिसले निशुल्क यात्राका पक्षमा मतदान गरेका थिए । निशुल्क यात्राले सवारी जामको समस्या हटेपछि अब एस्टोनिया भरी निशुल्क यात्रा लागु गर्ने योजना बनाइएको छ । बेल्जियमको हस्सेल्ट बेल्जियमको लिम्बर्ग प्रान्तको राजधानि हस्सेल्टमा सार्वजनिक यात्रामा लागु गर्ने भन्दै सन् १९९७ मा भाडा प्रकृया हटाइएको थियो । तर लिम्बर्ग प्रान्तको यस कदमले सन् २००६ सम्म पनि सवारी साधनको संख्या वृद्धि हुन रोकिएन जसका कारण १९ बर्षपछि यस योजनालाई खारेज गरीएको थियो । तर १९ बर्ष भन्दा कम उमेरका किशोरका लागि भने अझै पनि यात्रा निशुल्क छ । जर्मनी जर्मन सरकारले चाडैं प्रदूषित हुने शहरमा सार्वजनिक यातायातमा निशुल्क बनाउने योजना बनाएको छ । जर्मनीमा हुने सडक जामको समस्या न्युनिकरण गर्न सरकारले सार्वजनिक यातायातलाई निशुल्क बनाउन लागेको हो । यदि यो योजना लागु भए बन, एसेन, राटलिंगन, मैनहेम र हेरनबर्गमा निशुल्क यात्रा लागु हुनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्