नेभिगेशन
जीवनयापन

यो हो टीका लगाउने सहि औंला, कुन औंलाले कसलाई टीका लगाउने ?

मन्दिर गएको बेला होस् वा अन्य पूजाआजा र पर्वमा होस्, हिन्दूहरूले निधारमा टीका लगाउने गर्छन् । हिन्दुहरु चन्दन, केसरी, अवीर आदिको टीका लगाउँछन् । यसका पछाडि थुप्रै कारणहरु छन् । यो परम्परादेखि चलिआएको छ । हिन्दु धर्मशास्त्रमा टीका लगाउने नियम तथा मन्त्र बताइएको छ । साथै टीका लगाउँदा सहि औंलाको प्रयोग गर्नुपर्ने मान्यता छ । यति मात्र होइन टीका लगाउँदा दाहिने हातको औंलाले मात्र लगाउनु पर्ने र कान्छी औंलाले लगाउन नहुने मान्यता छ । यसका अलावा कुन औंलाले टीका लगाउँदा कस्तो मान्यता छ । बूढी औंला बूढी औंलालाई संस्कृतमा अंगुष्ठा भनिन्छ । बूढी औंलाले अतिथिलाई टीका लगाइन्छ । आफूबाहेक अरू मानिसलाई टीका लगाउन यही औंलाको प्रयोग गरिन्छ । चोरी औंला चोरी औंलालाई संस्कृतमा तर्जनी भनिन्छ । यो औंलाले पितृगण अर्थात् पिण्डपूजा गरिन्छ । माझी औंला माझी औंलालाई संस्कृतमा मध्यमा भनिन्छ । यो औंलाले स्वयम्लाई टीका लगाइन्छ । साहिँली औंला साहिँली औंलालाई संस्कृतमा अनामिका भनिन्छ । भगवान् तथा देवतालाई टीका लगाउन वा पूजा गर्न यो औंलाको प्रयोग गरिन्छ । सनातन धर्मको पूजा पद्धतिमा टीकाको विशेष महत्व छ । टीका नलगाई कुनै पूजा सफल भएको मानिँदैन । विशेष गरी ब्राह्मणले टीका लगाउनु अनिवार्य मानिन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्