इटालीलाई पराजित गर्दै अर्जेन्टिनाले जित्यो उपाधि

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– इटालीलाई फाइनलमा ३-० ले हराउदै अर्जेन्टिनाले फाइनलसिमा-२०२२ को उपाधि जितेको छ । इङ्ल्यान्डको वेम्बली रङ्गशालामा बुधबार राति भएको खेलमा कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनालाई जिताउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे । खेलको २८ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल थप्दै अग्रता दोब्बर पारे । अर्जेन्टिना यतिमा मात्र रोकिएन खेलको इन्जुरी समयमा डिबालाले गोल थप्दै अर्जेन्टिनालाई ३-० को सहज जित दिलाए । यससँगै अर्जेन्टिना तेस्रो संस्करणको फाइनलसिमाको च्याम्पियन बनेको हो । फाइनलसिमामा युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच खेल हुने गर्दछ । इटाली युरो च्याम्पियन हो भने अर्जेन्टिना कोपा च्याम्पियन हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २०:२३
प्रतिक्रिया दिनुहोस्