जिम्बाब्बे ए विरुद्ध टी-२० सिरिजको अन्तिम खेलमा नेपालले बलिङ गर्दै

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - जिम्बाब्बे ए विरुद्ध टी-२० सिरिजको अन्तिम खेलमा नेपालले पहिले बलिङ गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरु भएको खेलमा नेपालले जिम्बाब्बेलाई जित्नै पर्ने दबाब रहेको छ । आजको खेलमा नेपाली टिममा कुनै पनि परिवर्तन गरिएको छैन । जिम्बाब्बे ए विरुद्ध पहिलो टी २० खेल ६ विकेटले हारेको नेपालले दोस्रो खेल वर्षाका कारण स्थगीत भएपछि अंक बाँडेको थियो । नेपाली टिममा सन्दीप लामिछाने (कप्तान) , आसिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, मोहमद आदिल आलम, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा र बसिर अहमद रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:०७
प्रतिक्रिया दिनुहोस्