शीर्षस्थानको गुजरातमाथि पन्जाबको जित

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा शीर्षस्थानमा रहेको गुजरात टाइटन्सलाई पन्जाब किङ्गसले हराएको छ। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले पूरा ओभर खेल्दै आठ विकेट गुमाएर १४३ रन बनाएको थियो।

जवाफमा पन्जाबले चार ओभर बाँकी रहँदै दुई विकेट गुमाएर निर्धारित १४४ रनको लक्ष्य १४५ रन बनाएर पूरा गर्‍यो ।

पन्जाबका लागि शिखर धवनले सर्वाधिक ६२ रन बनाए भने भानुका राजापक्षले सबैभन्दा धेरै ४० रनको योगदान दिए। त्यसक्रममा गुजरातका मोहम्मद शामी र लकी फग्युसनले समान १/१ विकेट लिए।

पहिलो पारीमा साई सुदर्शनले सर्वाधिक ६५ रन बनाएका थिए। यसबाहेक रिद्धिमान शाहले २१ रनको योगदान दिनुबाहेक अन्य खेलाडीले सम्झनलायका प्रदर्शन गरेनन्। गुजरातविरुद्ध कसिलो बलिङ गरेका कागिसो रबाडाले चार विकेट गिराएका थिए।

यो जितसँगै पन्जाबल १० खेलबाट १० अंक बनाएको छ भने शीर्षस्थानको गुजरातको १६ अंक रहेको छ। यो गुजरातको दोस्रो हार हो।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:०८
प्रतिक्रिया दिनुहोस्