सत्ता गठबन्धनले सातै प्रदेशमा सभा नगर्ने, सभा बैशाख २३ गते काठमाडौंमा

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा चुनावी माहोल तात्तिदै गएको छ । सबै दलका उम्मेदवारले घर-घरमा चुनावी कार्यक्रम गरिरहेका छन् । यसैबीच सत्ता गठबन्धनले सातै प्रदेशमा सभा गर्न यसअघिको निर्णय संशोधन गरेको छ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । सभा बैशाख २३ गते दिनको १ बजे काठमाडौंमा गर्ने भएको जारी विज्ञप्तिमा जनाइएको छ । उक्त सभालाई गठबन्धनका प्रमुख र संयन्त्रका संयोजकले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अन्य चुनावी सभाहरु आवश्यकता अनुसार गठबन्धनका दलहरुले स्थानीय तहमै गर्ने गरि कार्यक्रम तय गर्न सक्ने उक्त समितिले निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्