दुईजनालाई वडा अध्यक्ष पदको टिकट, कांग्रेस हेटौंडाका नेता घिमिरेले भने -'मलाई पार्टीले अपहेलित गर्यो'

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - नेपाली कांग्रेस हेटौंडाका नेता रविन्द्र घिमिरेले पार्टी नेतृत्वले पार्टीले आफूलाई अपहेलित गरेको बताएका छन् । सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दैै उनले सो कुरा गरेका हुन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ बाट उनलाई उम्मेदवार बनाउने भएको थियो । आइतबार बेलुका नै पार्टी सभापति बुद्ध लामाले संघीय सभापतिलाई सोधेर सचिव भीमसेन महतको हस्ताक्षरमा पार्टीका नेताहरुको रोहवरमा टिकट दिएको उनको भनाइ छ । उनले भने - 'गठबन्धनका सबै पार्टीका नेतालाई मिलाएर जाउ समेत भनिएको थियो, उम्मेदवारी दर्ता गर्न जाँदा अर्कैले दर्ता गरिसकेका रहेछन् ।' एउटै वडामा दुईजनालाई वडा अध्यक्ष पदको टिकट दिनेलाई कारबाही हुनुपर्ने उनले माग छ । उनले आफ्नो वडामा आफूसहित विष्णुगोपाल महर्जनलाई टिकट दिइएको भन्दै असन्तुष्टि जनाए । उनले भने - 'मलाई घरमा बोलाएर खुसुक्क टिकट दिइएको पनि होइन । पार्टीको बागमती प्रदेशको छाप र महामन्त्री कन्चनचन्द्र वादेको हस्ताक्षर छ'
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्