विप्लवले मुगुका स्थानीय तहमा स्वतन्त्र उम्मेदवार उठायो

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी विप्लवले मुगुका स्थानीय तहमा स्वतन्त्र उम्मेदवार उठाएको छ । विप्लव नेतृत्वको नेकपाले मुगुको छायानाथ रारा नगरपालिका दुई वडामा वडा अध्यक्ष उठाएको हो । छायानाथ रारा नगरपालिका वडा नम्बर १२ मा भैरव बुढाले स्वतन्त्र पदबाट उम्मेदवारी दर्ता गराएका छन् भने वडाका हुकुमसिंह सावत र खड्क रोकायाले सदस्यमा मनोनयन दर्ता गराएका छन् । यस्तै वडा नम्बर १४ मा वडा अध्यक्ष पदमा धनमासिंह बढुवालले र सदस्यमा रंग बढुवाल र सक्क बढुवालले मनोनयन दर्ता गएका हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्