कृष्णबहादुर महरा भन्छन् - गठबन्धनभित्र कहीँ कतै एक पार्टीले अर्कोलाई पेलेको छैन

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता तथा पार्टी प्रवक्ता कृष्णबहादुर महराले सत्तारुढ दलभित्र एकअर्कालाई पेल्ने कार्य नभएको बताएका छन् । सोमबार माओवादी केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महराले सो कुरा गरेका हुन् । गठबन्धनभित्र एकअर्कालाई पेल्ने कार्य नभएको भन्दै उनले कहीँकतै कसले सामान्य अनुभूतिमात्र गरिएको बताए । उनलाई पत्रकारले माओवादी केन्द्र र कांग्रेसले गठबन्धनका एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चाले पेल्ने गरेको भन्ने विषयमा प्रश्न गरेको थियो । सो जवाफमा महराले सो कुरा गरेका हुन् । ‘कसैले पेल्ने भन्ने कुरा नै आउँदैन,’ उनले भने - ‘कहीँ माओवादीले पेल्यो भन्नेछ । कतै माओवादी नै पेलानमा पर्‍यो भन्नेछ । यो कसैले सामान्य अनुभूति गरेको कुरा । तर, कहीँ कतै एक पार्टीले अर्काेलाई पेलेको छैन ।’
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्