दिउँसो ३ बजेसम्म देशभर २८ हजार ८०५ जनाले गराए उम्मेदवारी दर्ता

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - निर्वाचन आयोगले दिउँसो ३ बजेसम्म २८ हजार ८०५ जनाले उम्मेदवारी दर्ता गराएको जनाएको छ । आयोगको पछिल्लो अद्यावधिक विवरणअनुसार २८ हजार ८०५ जनाले मनोनयन गर्दा गराएका हुन् । अहिले पनि मनोनयन दर्ता गर्ने कार्य जारी छ । प्रमुख पदमा १,१७० जना, अध्यक्ष पदमा १,०५० जना, उपप्रमुख पदमा ६३१, उपाध्यक्ष पदमा ६०६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, वडाध्यक्ष पदमा ७,६६२ जना, महिला सदस्य पदमा ४,४३१, महिला दलित सदस्य पदमा ३,७७६ र सदस्य पदमा ९,४७९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकेको छ । ७७ जिल्लामा निर्वाचन सामग्री पठाइयो, ८० प्रतिशत मतपत्र छापियो निर्वाचन आयोगले ७७ जिल्लामा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको जनाएको छ । सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १२ गतेसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार गरी करिब ८० प्रतिशत मतपत्रको छपाई सकिएको जानकारी दिएका हुन् । उनले बाँकी जिल्लाको मतपत्र छाप्ने क्रम जारी रहेको बताए । निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको अनुमान रहेको छ । वैशाख १३ गतेदेखि मतपत्र ढुवानी गर्ने आयोगको तयारी रहेको प्रवक्ता शर्माले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्