शंखमु्लमा ग्यास सिलिन्डर पड्किएर आगलागी

आइतबार, वैशाख १६, २०८१

काठमाडौं- काठमाडौंको शंखमुलस्थित एक पसलमा आगलागी भएको छ । शंखमुलस्थित एक पसलमा खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगो लागेको हो ।

आगालगी भएपछि अहिले काठमाडौं महानगरको टोली वारुण यन्त्रसहित आगो निभाउन पुगेको छ ।

महानगरीय प्रहरी र अन्य सुरक्षाकर्मीको टोली पनि उक्त आगो निभाउन खटिएका छन्।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्