स्थानीय तहको निर्वाचन : भक्तपुरमा भयो सता गठबन्धनबीच सहमति, कसलाई कुन ?

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा चुनावी माहोल तात्तिदै गएको छ । देशका विभिन्न स्थानमा सत्तागठबन्धनबीच तालमेल भएको छ भने नेकपा एमाले पनि राप्रपासँग तालमेल गरेको छ । यसैबीच भक्तपुरमा पनि सत्तागठबन्धनबीच भागबन्डामा सहमति भएको छ । आइतबार भएको सहमति अनुसार तीन वटा नगपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार र तीनमध्ये दुई वटा नगरपालिकाको उपमेयर नेकपा एकीकृत समाजवादीलाई र एउटा उपमेयर नेकपा माआवादी केन्द्रलाई दिने सहमति भएको हो । मध्यपुर थिमि, सूर्यविनायक र भक्तपुर नगरपालिकाको मेयर कांग्रेसलाई दिने सहमती भएको छ भने भक्तपुर र सूर्यविनायकको उपप्रमुख एकीकृत समाजवादीलाई दिने सहमती भएको छ। यस्तै मध्यपुरको उपप्रमुख माओवादीलाई दिने सहमती भएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्