काँग्रेस कार्यसम्पादन समितिको बैठक सानेपामा सुरु, तीन महानगरपालिकाका मेयरको टुंगो लगाउने

बिहीबार, मंसिर १, २०७९
काठमाडौँ—नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा केहीबेर अघिदेखि बैठक सुरु भएको हो । बैठकले काठमाडौं महानगरपालिकासहित काँग्रेसले पाएका तीन महानगरपालिकाका मेयरको टुंगो लगाउने छ । यस्तै काँग्रेसले महानगरपालिकामा पाएका उपमेयर पदको पनि टुंगो लगाइनेछ । काठमाडौं महानगरपालिकामा प्रकाशमान सिंहकी पत्नी श्रृजना उम्मेदवार बन्ने पक्कापक्की भएपनि काँग्रेसले भाग पाएको अन्य स्थानको टुंगो लाग्न सकेको छैन । नेताहरुबीच उम्मेदवारको विषयमा यसअघि आन्तरिक छलफल चलेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्