ललितपुरमा नेपाली कांग्रेस र नेकपा माओवादीको मात्र गठबन्धन हुने, प्रमुख र उपप्रमुखमा कसले कहाँको पाए ?

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलहरुले आफ्नो चुनावी घोषणपत्र सार्वजनिक गरिरहेका छन् । यस्तै धमाधम देशका सबै जिल्लामा उम्म्ेदवारको पनि टुंगो लागिरहेको छ । यसैबीच ललितपुरमा पनि गठबन्धनबाट प्रमुख र उपप्रमुखमा कुन पार्टीको रहने टुंगो लागेको छ । गठबन्धनमा ५ दल भए पनि ललितपुरमा भने कांग्रेस र माओवादीको मात्र गठबन्धन हुने भएको छ । ६ वटा स्थानीय तह रहेको ललितपुरमा चारवटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छ भने एकीकृत समाजवादी र जसपा समेटिएको छैन । ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, बागमती नगरपालिका र महांकाल गाउँपालिको प्रमुख कांग्रेसले पाएको छ । १. ललितपुर महानगरपालिका प्रमुख : नेपाली कांग्रेस उपप्रमुख : नेकपा माओवादी केन्द्र २. गोदावरी नगरपालिका प्रमुखः नेपाली काग्रेस उपप्रमुखः नेपाली काग्रेस ३. महालक्ष्मी नगरपालिका प्रमुखः नेकपा माओवादी केन्द्र उपप्रमुखः नेपाली काग्रेस ४. कोन्ज्योसोम गाउँपालिका अध्यक्ष : नेकपा माओवादी केन्द्र उपाध्यक्षः नेपाली कांग्रेस ५. बागमती गाउँपालिका अध्यक्षः नेपाली कांग्रेस उपाध्यक्षः नेकपा माओवादी केन्द्र ६. महांकाल गाउँपालिका अध्यक्षः नेपाली कांग्रेस उपाध्यक्ष. नेकपा माओवादी केन्द्र
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्