कांग्रेसको चुनावी घोषणपत्र : अदालतको आदेशबाट जन्मिएको पार्टी एमाले

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - नेपाली कांग्रेसले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार लोकतन्त्र दिवसको अवसर पारेर कांग्रेसले निर्वाचन घोषणापत्र सार्वजनिक गरेको हो । कांग्रेस महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्र पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा आज सार्वजनिक गरेका हुन् । घोषणापत्रमा सामाजिक सुरक्षा, स्वास्थ्य शिक्षाजस्ता विषय र अब कांग्रेसले गर्ने कामहरु उल्लेख गरिएको छ । घोषणापत्रमा कांग्रेसले एमालेलाई सर्वोच्च अदालतले जन्माएको पार्टीको रुपमा टिप्पणी गरिएको छ । सर्वोच्च अदालतको आदेशबाट एमाले जन्मिएको कांग्रेसले बताउको छ । घोषणापत्रको १२औँ पृष्ठमा एमाले अदालतको आदेशबाट जन्मिएको पार्टी भनेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्