एमाले पार्टी भित्र राम्रा कम्युनिस्ट छन्, सबै खराब छैनन् - प्रचण्ड

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले भन्दैमा सबै खराब नहुने बताएका छन् । शुक्रबार पेरिसडाँडामा आयोजित नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा बोल्दै प्रचण्डले सो कुरा बोलेका हुन् । एमाले पार्टी भित्र पनि राम्रा कम्युनिस्ट रहेको भन्दै उनले एमाले भन्दैमा सबै खराब नहुने बताए । उनले भने - 'नेकपा एमालेका कामरेडलाई म स्मरण गर्न चाहन्छु । एमालेका नेता÷कार्यकर्ताले विश्वास र भरोस गरेका थिए । एमाले भन्दैमा सबै खराब छैनन् । त्यहाँ पनि राम्रा कम्युनिस्ट छन्' एमालेको नेतृत्वमा गलत व्यक्ति बसेका कारण धेरैलाई एमाले पार्टी नै खराब हो भन्ने परेको उनले बताए । एमालेको नेतृत्वमा गलत व्यक्ति पर्दा त्यहाँ रहेका इमान्दरा कम्युनिस्टलाई फुत्किन गाह्रो भएको उनको भनाई छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्