निर्वाचनलाई आवश्यक पर्ने मतपत्रमध्ये १ करोड १९ लाख छापिए

बिहीबार, मंसिर १, २०७९
काठमाडौं – आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइ कार्य सकिन लागेको छ । बिहिबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराएको हो । आयोगले मतपत्रमध्ये १ करोड १९ लाख छाप्ने कार्य सम्पन्न भएको जनाएको छ । पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख ८ गतेसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्रको छपाइ सकिएको र बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी रहेको बताए । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छपाइ गरिरहेको पौडेलले बताए ।  
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्