कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेले बिहिबार एक सूचना जारी गर्दै बैठकबारे जानकारी गराएका हुन् । उनले बैठक दिउँसो २ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा बस्ने जनाएका छन् । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुनेछन् । बैठकमा स्थानीय तह निर्वाचन र उम्मेदवारी सम्बन्धमा छलफल हुने मुख्यसचिव पौडेले बताएका छन् ।  
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्