नेभिगेशन
विज्ञान प्रविधि

मदन भण्डारी राजमार्ग : गुल्मी खण्डको काम शून्य

 गुल्मी— गुल्मी जिल्लामा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना मदन भण्डारी राजमार्ग अन्र्तगत  रिडी तम्घास, सिमलटारी,सौतामारे सडकको प्रगति शून्य रहेको छ ।  गुल्मी जिल्ला हुँदै जाने राजमार्गको बिभिन्न कारणले काम सुस्त हुँदै जाँदा प्रगति शून्य रहेको छ । आर्थिक वर्ष ०७५ /०७६ सुरु भएका उक्त आयोजनाले सडकको काम आर्थिक बर्ष २०७९/०८० मा सक्ने लक्ष्य राखेपनि सडकको कामले गति लिन नसक्दा समयमै काम सक्ने देखिदैन । रिडी तम्घासको सडकको सर्भे मात्रै भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इन्जिनियर विरेन्द्र प्रकाश तेलीले जानकारी दिए । सडकको मुख्य सीमाङ्कनमा समय लाग्दा राजमार्गको कामले गति लिन नसकेको हो ।  मदन भण्डारी तम्घास सिमलटारीको सडक कालोपत्रेको काम भएपनि सडकमा खाल्डा खाल्डी परेका छन् । खोलामा पुल नहुदाँ जिल्लाको सदरमुकाम तम्घासमा आवाज जावत गर्न समेत ग्रामीण भेगका जनताले आवतजावतमै ठुलो सास्ती खेप्नु परेको छ । बषौं बितेपनि समस्या ज्युँ का त्युँ रहेको स्थानीय प्रमिला कार्कीले बताइन्  । यो राजमार्गमा कसैको ध्यान पुग्न नसकेको स्थानीयको आरोप छ ।   पुर्वमन्त्री तथा गुल्मी क्षेत्र नं १ का सांसद प्रदीप ज्ञवाली, पूर्वमन्त्री तथा क्षेत्र नं २ सांसद गोर्कराज बिष्ट,शहरी बिकास मन्त्री रामकुमारी झाक्रि, काँग्रेका केन्द्रिय नेता चन्द्र भण्डारी , पुर्व लुम्बीनी प्रदेश सामाजिक बिकास मन्त्री सुदर्शन बलाल यही सडक हुदैँ हिडडुल गरेपनी सडकको गुणस्तर र कामको ढिलासुस्तीमा समेत नेताको ध्यान पुगेको देखिदैँन । मदन भण्डारी राजमार्गको नाम भन्दा बदनाम बढी भएको स्थानीय धनिश्वर अर्याल बताउँछन् ।  रिडी बलकोट सडकको ११ प्रतिशत काम भएको छ भने रिडी तम्घास सडक खण्डको काम सुरु मात्र भएको छ । तम्घास सिमलटारी सडक कालोपत्रे गर्ने कार्य भएपनि बिच बिचमा पक्की पुल नहुँदा स्थानीयलाई सास्ती हुँदै आएको छ । राजमार्गको झर्ना खोलामा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ  । अर्जै खोला, हुलाके, फुलवारी र घमिर खोलामा पुलको लागी टेण्डर भएको भने केही स्थानका सडक तथा पुल डिपिआर भई ठेक्कामा जाने चरणमा छन् । यस राजमार्गले जिल्लाका बिभिन्न स्थानका भित्रि सडकमा काम गरिरहेको छ ।  हाल जिल्लामा ३७ वडा सडक , १० वटा पुल निर्माणको काम भईरहेका छन् ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्