स्थानीय तहको निर्वाचनले मात्रै देशमा स्थायीत्व कायम रहन्छ - गृहमन्त्री खाँड

बिहीबार, मंसिर १, २०७९
मनोज कार्की/गुल्मी - आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनले मात्रै देशमा स्थायीत्व कायम रहने गृहमन्त्री बालकृष्ण खाँडले बताएका छन् । चौथो गुल्मी महोत्सवको उद्धघाटन गर्न गुल्मी आएका गृहमन्त्री खाँडले यस्तो बताएका हुन् । गुल्मी महोत्सवको सम्बोधन गर्दै गृहमन्त्री खाँडले स्थानिय तहको निर्वाचनमा गठबन्धन नै मिलेर चुनाबमा जाने बताए । स्थानिय निर्वाचन निष्पक्ष,स्वतन्त्र र भयरहित वातावरणमा हुने र निर्वाचनमा दर्ता नभएका सबै दलले दर्ता गरी निर्वाचनमा होमिन गृहमन्त्री खाँडले आग्रह गरेका छन् । गुल्मी वाणिज्य संघले आयोजनामा आज देखी सुरु भएको चौथो गुल्मी महोत्सवले जिल्लाको आर्थिक समृद्धि,उद्योग तथा ब्याबसायिलाई आर्थिक,सामाजिक क्षेत्रमा मदत हुने बताए । वृहत् शान्ती सम्झौता भएर मुलुक अगाडी बढिरहेको समय समयमा दलहरु बिचमा एकता हुदैँ यो बर्तमान सरकार गठबन्ध भई नागरिक शान्ति,सुरक्षा र नेपालको अर्थतन्त्रलाई समेत टेवा पुग्ने गृहमन्त्री खाँडको दावी गरे । सरकारले आगामी बैशाख ३० निर्वाचन निष्पक्ष,स्वतन्त्र र भयरहित वातावरणमा हुने र सरकारले सम्पूर्ण शक्तिलाई प्रयोग गर्ने गृहमन्त्री खाँडले बताए ।महोत्सव चैत्र २५ गते देखी २०७९ बैशाख ०४ गते सम्म चल्ने छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्