कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले देशमा राजतन्त्र नै चाहिन्छ भन्ने थाले - राजेन्द्र लिङ्देन

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीले मुलुकलाई असफल बनाउन लागेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंको खुलामञ्चमा पार्टीको आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले सो कुरा गरेका हुन् । उनले २०४६ साल देशको नेतृत्व लिएका कांग्रेस, एमाले र माओवादीले मुलुकलाई असफल बनाएको बताए । अहिले देशलाई असफल बनाउन लागेको देखेका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले राजसंस्था ठिक रहेको भन्न थालेको बताए । उनले कांग्रेस, एमाले र माओवादीलाई फेरि पनि निर्वाचित गराएमा देश श्रीलंका, युक्रेनजस्तो हुने बताए । उनले भने - 'कांग्रेस, एमाले , माओवादीलाई अब कति समय दिए, देश बनाउलान् ? अहँ अब बनाउँदैनन् । ३२ वर्षमा देशलाई असफल बनाउन लागे'
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्