'स्वास्थ्य क्षेत्रलाई प्रदूषित गर्ने तत्वहरु सक्रिय भए, सरकार थरर ..'

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले देशमा स्वास्थ्य क्षेत्रलाई प्रदूषित गर्ने तत्वहरु एकदमै सक्रिय रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले सो कुरा गरेका हुन् । उनले देशमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोजिएको र सरकारलाई पनि थर्काउने गरेको बताए । उनले भने ‘स्वास्थ्य क्षेत्रलाई प्रदूषित गर्ने तत्वहरु एकदमै सक्रिय छन् । नेपालमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोज्ने, स्वास्थ्य शिक्षाको नियोजन गर्न खोज्ने छन्,’ उनले थपे, ‘स्वास्थ्य शिक्षाको हब बनाऊँ, मोडल अस्पताल बनाउँ भन्यो भने एक जना भन्छ, हस्पिटल खोल्ने ? एक जनाले नखाई बस्दिम् त ? भनेपछि सरकार थरर । विद्यार्थी बाहिर पठाउने गिरोहले फेसबुकमा क्याम्पेन चलाउँछन् ।’
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्