भरतपुर महानगरको नेतृत्वबारे छलफलबाट निकास निकाल्छौं, केहि समस्या छैन : प्रचण्ड

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ दलहरुबीच कसरी तालमेललाई प्रभावकारी बनाउने भन्ने विषयमा कुरा भएको बताएका छन् । काठमाडौंमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले आज बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको बताएका हुन् ।

उनले भने, ‘मुख्य रुपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ । सबैतिर तालमेल गरेर नै जाने भन्ने कुरा भयो ।’ अर्को एक फरक प्रसङ्गमा उनले भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल नभएको बताएका छन् । उनले भने, ‘छलफलबाट निकास निकाल्छौं । केही समस्या छैन ।’

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्