सत्ता गठबन्धनको बैठक सकियो, संयुक्त विज्ञप्ति जारी गरिंदै

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका लागि गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिले निर्वाचन सम्बन्धमा संयुक्त विज्ञप्ति जारी गर्ने भएको छ ।

शुक्रबार बालुबाटारमा बसेको गठबन्धनमा आवद्ध दलहरुका शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

‘आजको बैठक अनौपचारिक हो । हामीले रामचन्द्र पौडेलको नेतृत्वमा रहेको समितिले निर्वाचनका सन्दर्भमा संयुक्त विज्ञप्ति जारी गर्नेबारे कुरा गर्‍यौं’, उनले भने । बैठकमा चुनावी तालमेलबारे सैद्धान्तिक छलफल भएको बुझिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्