चुनावी रणनीति बनाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - आसन्न स्थानीय तहको निर्वाचनका लागि रणनीति बनाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । बैठकमा पाँच दलले स्थानीय तह निर्वाचन र गठबन्धनको चुनावी रणनीतिबारे छलफल गर्न बैठक बसिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाललगायतको सहभागिता रहेको छ । बैठकमा रामचन्द्र पौडेल नेतृत्वको समितिले चुनावी तालमेलमा अहिलेसम्म भएका प्रगितबारे जानकारी गराउने बताइएको छ । गठबन्धनको बैठकले आगामी स्थानीय तह निर्वाचनको तयारी, परिचालन तथा अनुगमनका लागि वरिष्ठ नेता पौडेलको नेतृत्वमा समिति गठन गरेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्