कांग्रेस नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश, खुमलटारमा प्रचण्डले गरे स्वागत

बिहीबार, मंसिर १, २०७९

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका पूर्व सभापति विजयसिं तामाङसहित कांग्रेसका स्थानीय नेता-कार्यकर्ता शुक्रबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उनीहरूलाई अध्यक्ष प्रचण्डले आफ्नै निवास (काठमाडौं, खुमलटार) मा पार्टीमा स्वागत गरेका हुन् । हेलम्बुबाट कांग्रेसका धेरै जना नेता-कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रले दाबी गरेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्