प्रधानमन्त्रीले बोलाए गठबन्धनको बैठक

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार विहान ११ः३० बजे बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतालाई छलफलका लागि बोलाएको कांग्रेसका एक नेताले जानकारी दिए । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासँग स्थानीय तहको निर्वाचनबारे छलफल गर्न लागेका हुन् । स्थानीय तह निर्वाचनको तयारी र देखापरेका चुनौतीका विषयमा छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्