प्रधानन्यायाधीशलाई कुनै पनि हालतमा सर्वोच्चमा छिर्न दिन्नौँ– नेपाल बार एशोसिएन

बुधबार, मंसिर २१, २०७९

काठमाडौँ– नेपाल बार एशोसिएसनका सदस्य कृतिनाथ शर्माले प्रधानन्यायधीस चोलेन्द्र समसेर राणालाई सर्वोच्चमा कुनै पनि हालतमा छिर्न नदिने बताएका छन् । उनले चोलेन्द्रलाई कुनै पनि हालतमा सर्वोच्च अदालतको गेटबाट छिर्न नदिने बताएका छन् ।

 

उनले न्यायक्षेत्रमा दुरगामी कार्यक्रम ल्याउन नसकेको र अब सर्वोच्चमा आएर केही गर्न नसक्ने बताए । उनले भने, ‘चोलेन्द्र जवराले न्यायलयमा प्रवेश गरेर न्याय क्षेत्रलाई दुरगामी कार्यक्रम ल्याउन सक्नु हुन्न् । भष्ट्राचारविरुद्धका कार्यक्रम ल्याउन सक्नुभएन् । न्यायक्षेत्रमा आमुल परिवर्तनका कार्यक्रम ल्याउन उहाँले सक्नुभएन् ।’

 

नेपाल बारले संविधान र न्यायको रक्षाका लागि आन्दोलन गरेको उनले बताए । संसद सचिवालयले चोलेन्द्रलाई सवोच्चमा पुनः पदबहाली गर्न पत्र पठाएसँगै त्यसको विरोधमा बारका कर्मचारीले सर्वोच्च अघि प्रदर्शन गरिरहेका छन् । अहिलेकै अवस्थामा न्यायधिस सर्वोच्चमा आउन नपाउने र छिर्न नदिने बताए । ‘अहिले नै उहाँ प्रधानन्यायधिस सर्वोच्चमा आउन नपाउनुहुन्न, हामी छिर्न दिन्नौं । हामीले छेक्छौँ, रोक्छौं। ’

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १५:१४
प्रतिक्रिया दिनुहोस्