सहकारी ठगीको आरोपमा पक्राउ परेका दिपेश पुन थुनामुक्त

शुक्रबार, वैशाख १४, २०८१

काठमाडौँ- सहकारी ठगीको आरोपमा पक्राउ परेका दिपेश पुन थुनामुक्त भएका छन् ।

जिल्ला अदालत, रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएपछि उनलाई छाडिएको प्रहरीले जनाएको छ । 

एक साताअघि अदालतले पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिए पनि रकम जम्मा नगरेपछि उनी पुर्पक्षका लागि जेल चलान भएका थिए । तर, शुक्रबार उनले रकम जम्मा गरेपछि छुटेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १८:०२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार