स्याङ्जा-२ मा कांग्रेसका गुरुङको अग्रता

बिहीबार, मंसिर १५, २०७९

स्याङ्जा - स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गरेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई ६ सय ५४ मतान्तरले पछि पारेको छ । 
 
निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले ३ हजार ९ सय एक मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार अर्यालले ३ हजार २ सय ४७ मत प्राप्त गरेकी छन् । 

स्याङ्जा–२ मा गए रातिदेखि मत गणना सुरु भएको हो । हालसम्म  गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६,  ७ र ८ को मतगणना सकिएको छ । 

यसैगरी क्षेत्र नं २ (१) मा कांग्रेस उम्मेदवार भोजराज अर्यालले ४ हजार ८३ मत प्राप्त गरेको छ । एमालेका मोहन रेग्मीले तीन हजार तीन सय २९ मत प्राप्त गरेको निर्वाचन अधिकृत शर्माले जानकारी दिए । दुवैबीचको मतान्तर सात सय ५४ रहेको छ । निर्वाचन सम्पन्न भएको १० दिन पछि स्याङ्जा–२ मा मतगणना सुरु भएको हो । 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०३:२७
प्रतिक्रिया दिनुहोस्