‘पहिला प्रचण्डको छोरी रेणु भन्थे, अहिले रेणुको बुबा प्रचण्ड भनेर चिनिन थालेको छु’

बिहीबार, मंसिर १, २०७९
चितवन - सत्तारुढ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको भरपुर महानगरमा विकासको श्रृष्टि भएको दाबी गरेका छन् । महानगरकी मेयर आफ्नी छोरी रेणु दाहालको उनले खुलेर तारिफ समेत गरे । भरतपुरको आँपटारीमा भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपत्र बाँड्दै प्रचण्डले आफू चितवनमा रेणुको बुवाको रूपमा चिनिन थालेको बताए । उनले भने, ‘युद्धकालदेखि राजनीतिमा रेणुको आफ्नै त्याग-तपस्या थियो । तर, २०७४ सालको चुनावमा रेणु चितवन आउँदा प्रचण्डको छोरी आइन् भन्ने गर्थे । अहिले त्यो फेरिएको छ । अहिले रेणुको बुवा प्रचण्ड भनेर चिनिन थालेको छु ।’ महिलाहरूले चाहेमा धेरै गर्न सक्छन् भन्ने पुष्टि भएको प्रचण्डले उल्लेख गरे । माओवादीबाट सरकारमा रहेका महिला मन्त्रीहरूको पनि उनले प्रशंसा गरे । ‘शशीजी (शशी श्रेष्ठ) को इच्छाशक्ति र दृढता देखेर भूमि व्यवस्था मन्त्री बनाएको थिए । अहिले यस्तो राम्रो काम गर्नुभएको छ । उर्जामन्त्री पम्फालाई बनाइयो । उहाँले २० युनिट बिजुली निः शुल्क गरिदिनुभयो । महिलाले अग्रसरता लिएको ठाउँमा सफलता, इमानदारिता र सुशासन बढी देखिएको छ ।’ प्रचण्डले भने । प्रचण्डले आगामी स्थानीय तह निर्वाचनमा महिलालाई धेरै ठाउँमा मेयर र पालिका प्रमुख बनाउने विचार रहेको उल्लेख गरे ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार