बालुवाटारमा सत्ता गठबन्धनको बैठक

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक शुरु भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बैठक भर्खरै शुरु भएको जानकारी दिए । ‘चुनाव (स्थानीय तह) को बारेमा छलफल हो’, स्वकीय सचिव मल्लले भने । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका पाँच दल खासगरी त्यसको स्वरूप (मोडालिटी) कस्तो बनाउने भन्ने विषयमा केही दिनदेखि केन्द्रित छन् । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । सरकारमा भने जनमोर्चा सहभागी छैन ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्