जनकपुरमा सहकारीको ८० लाख रूपैयाँ लुटियो

सोमबार, वैशाख २४, २०८१

धनुषा- धनुषामा सहकारीका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।

सोमबार शुभ श्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोबाट मोटर साइकलमा आएका तीन जनाले रकम लुटेर फरार भएका हुन् ।

महतोले राष्ट्रिय सहकारी बैंकमा रहेको पैसा झिकेर सहकारीको कार्यालयतर्फ लैजादै गर्दा रकम लुटिएको हो ।

घटनाका विषयमा अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्