पाँच दलीय गठबन्धन भ्रमको खेती - ओली

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन भ्रमको खेती भएको बताएका छन् । सोमबार प्रगतिशील इन्जिनियर्स एशोसिएसन नेपालको महाधिवेशनलाई सम्बोधन गर्दैओलीले सो कुरा गरेका हुन् । अदालतको परमाधेशबाट बनेको पाँच दलीय गठबन्धन दुई दिनको खेल भएको आरोप लगाए । उनले भने 'पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि यो दुई दिनको केटाकेटीको खेल हो । अदालतले ल्याएर जोडजाम गरिदिएको पुतली हो । टालाटुली बाटुल कति राम्रा पुतली भने जस्तै हो । यी टालाटुली बटुलेका पुतलीहरू राम्रो पनि छैनन् । टाला पनि मिलाएर बनाउन जानेका छैनन्। ' स्थायी कुरा सत्य हुने भन्दै ओलीले जनताको आदेश निर्वाचनले देखाउने बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्