देउवा प्रधानमन्त्रीको रुपमा नभई पार्टी सभापतिको रुपमा भाजपा कार्यालय भ्रमण गरे - परराष्ट्रमन्त्री

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - परराष्ट्रमन्त्री नारायण खड्काले शेरबहादुर देउवा प्रधानमन्त्रीको रुपमा नभई पार्टी सभापतिको रुपमा भाजपा कार्यालय भ्रमण गरेको बताएका छन् । तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा आइतबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग खड्काले सो कुरा गरेका हुन् । उनले सम्बन्ध कायम राख्न देउवा सभापतिको रुपमा सत्तारुढ भारतीय जनाता पार्टी (भाजपा) को कार्यालयमा पुगेको दाबी गरे । प्रधानमन्त्री कुटनीतिक मर्यादामा नरहेको विषयको खण्डन गर्दै उनले नको कम्युनिस्ट पार्टीका साथमा भारतीय कांग्रेस र भाजपासँग कांग्रेसको राम्रो सम्बन्ध रहेको बताए । उनले देउवाको भारत भ्रमण उपलब्धिमुलक भएको पनि बताए । उनले भने - 'मैत्रीपूर्णल सम्बन्धलाई प्रधानमन्त्रीको भ्रमणले नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भयो'
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार