नेपालले दियो पीएनजीलाई विशाल योगफल, दीपेन्द्रसिंह र आदिलको सानदार ब्याटिङ

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं - नेपालले त्रिदेशीय टी–२० शृंखलामा पपुवा न्यु गिनी (पीएनजी) लाई २०४ रनको लक्ष्य दिएको छ । बिहिबार किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा दीपेन्द्रसिंह ऐरी र डेब्यु खेल खेलिरहेका आदिल आलमले सानदार ब्याटिङ गरेका छन् । खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले पीएनजीलाई निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रनको लक्ष्य दिएको हो । ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका दीपेन्द्रले ३३ बलमा तीन चौका र चार छक्कासहित ६६ रन बनाउदा आदिलले ११ बलमा एक चौका र तीन छक्कासहित ३१ रन बनाएका छन् । यस्तै यस्तै कुशल भुर्तेलले १७ रन, आशिफ शेखले ३८ रन र रोहितकुमार पौडेलले ४१ रन थपे ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:४१
प्रतिक्रिया दिनुहोस्