प्रचण्डले गरे आफ्नी छोरी रेनु दाहालको तारिफै तारिफ

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरी रेनु दाहालको तारिफ गरेका छन् । शुक्रबार चितवनको भरतपुर महानगरको नयाँ प्रकासकीय भवनको शिलान्यासको क्रममा प्रचण्डले महानगरपालिकाकी मेयर समेत रहेकी दाहालको तारिफ गरेका हुन् । उनले मेयर दाहालमा आफूले सकारात्मक सोच मात्रै भेटेको बताए । प्रचण्डले भने - 'मैले भरतपुर महानगरपालिकाको मेयरको दिमागमा जतिबेला पनि भरतपुर महानगर र त्यो परिवारप्रति जहिले पनि सकरात्मक सोच मात्र भेटेँ ।' उनले कांग्रेस र एमालेका जनप्रतिनिधिले समेत गरेको सहयोग र सकारात्मक सोचका कारण महानगरको विकास भएको बताए । भरतपुर महानगरपालिकालाई छिमेकी देशहरूले विशिष्ट महानगरको रुपमा हेरेको भन्दै भएको विकाशको प्रशंसा गरे । राष्ट्रिय राजनीतिकमा उतारचढाव आइरहे पनि भरतपुर महानगरकी मेयरले टिमलाई एकढिक्का बनाइराख्न भूमिका खेलेको भन्दै मेयर दाहालको प्रशंसा गरे । उनले भने - ‘केहिले त यो भएन पो भन्न थाल्नुभो । झण्डै ४१ किमी रिङ रोड बनिसक्या छ । बन्दै बनेन पो भन्नुभो । भनेपछि साथीहरूलाई चुनाव लागेछ । विकास लागेनछ ।’
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:२०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार